Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्थतन्त्र जोगाउन इटालीले राहत योजना ल्याउने

अर्थतन्त्र जोगाउन इटालीले राहत योजना ल्याउने


रोम ।
इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन् । एएफपीका अनुसार युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्वप्रमुख समेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन् । इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुनेछैन ।

इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ । ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिबार शपथ लिएका थिए । करिब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका थिए । इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ ।

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै नौ प्रतिशतले संकुचित भएको छ । युरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करिब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् । फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए ।

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट दुई खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नुपर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया