फेसबुक र अस्ट्रेलियाबीच विवाद चर्कियो

सिडनी ।
फेसबुकले अस्ट्रेलियामा न्युज फिड रोकेपछि बिहीबार सामाजिक सञ्जालप्रति चर्को आलोचना भएको छ । अस्ट्रेलियाली सरकारसँग फेसबुकमा राखिने समाचारजन्य सामग्रीलाई लिएर विवाद बढेको हो । मिडिया संगठन, राजनीतिज्ञ र मानवअधिकारवादी समूहहरुले फेसबुकको कदमको आलोचना गरेका छन् । फेसबुकले बिहीबार आधिकारिक स्वास्थ्य पेज र आकस्मिक चेतावनीलगायत पनि हटाइदिएको थियो । अस्ट्रेलियाले राष्ट्रव्यापी कोभिड १९ खोप कार्यक्रम सुरु गर्नु तीन दिनअघि फेसबुकले कदम चालेको बताइएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको चर्को आलोचना गरेका छन् । मरिसनले धेरै देशहरुले ठूला प्रविधि कम्पनीको व्यवहारलाई नरुचाएको भन्दै उनले यी कम्पनीले सरकारभन्दा आफूलाई ठूलो ठान्न थालेको बताए । फेसबुक र अस्ट्रेलियाली सरकारसँगको विवादको चुरो भने प्रस्तावित एउटा कानुन हो । जसले फेसबुक र गुगलले समाचार सेवादातृ संस्थालाई फेसबुकमा समाचार पोष्ट भएबापत पैसा दिनुपर्ने प्रावधान बनाएको छ ।
अस्ट्रेलिया यी कम्पनीको लागि सानो बजार भए पनि यसलाई विश्वका अन्य सरकारी नियामकहरुले नजिकबाट नियालेका छन् । त्यही भएर यसलाई परीक्षण कामका रुपमा लिइएको छ । यदि अन्य देशले पनि यस्तै कानुन बनाए भने सामाजिक सञ्जाल कम्पनीहरुले ठूलो राजस्व समाचार दिने संस्थालाई बुझाउनुपर्नेछ । अस्ट्रेलियाबाहिरका समाचार संस्थाहरुले पनि फेसबुकको चर्को आलोचना गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया