Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा औद्योगिक पार्क बनाउन १५ करोड डलर लगानी गर्दै चिनियाँ कम्पनी

पाकिस्तानमा औद्योगिक पार्क बनाउन १५ करोड डलर लगानी गर्दै चिनियाँ कम्पनी


इस्लामावाद ।
एक चिनियाँ कम्पनीले लाहोर र कासुरबीचको सीमामा औद्योगिक पार्क बनाउने भएको छ । पाकिस्तानी मिडियाहरुका अनुसार शांघाईमा रहेको चिनियाँ कम्पनीले पाकिस्तानबाट अमेरिका, युरोप, एसिया प्रशान्त र अन्य क्षेत्रमा गार्मेन्ट उत्पादनलगायत निर्यात गर्ने गरी औद्योगिक पार्क निर्माण गर्ने योजना बनाएको हो ।

यसको लागत १५ करोड अमेरिकी डलर हुने बताइएको छ । चिनियाँ कम्पनी च्यालेन्जले अघि सारेको यो योजना पाकिस्तानमा निर्यात उद्योगमा हुने पहिलो प्रत्यक्ष वैदेशिक लगानी हुनेछ । लाहोरमा सन् २०१७ देखि नै कम्पनपीले गार्मेन्ट उत्पादन युनिट सञ्चालन गरिरहेको छ । गत वर्ष ४ करोड ४० लाख डलरको निर्यात राजस्व कम्पनीले संकलन गरेको थियो ।

यो आर्थिक वर्षमा करिब साढे पाँच करोड डलरसम्मको निर्यात राजस्व संकलन हुने अनुमान गरेको च्यालेन्जले जनाएको छ । च्यालेन्ज फेसन इन्डस्ट्रियल पार्क अर्को वर्ष जुलाईदेखि सञ्चालनमा आउनेछ । यसबाट पहिलो वर्ष १२ करोड डलरको र त्यसपछिका वर्षमा वर्षेनी ४० करोड डलरको निर्यात हुनसक्नेछ ।

गत वर्ष ठूलो पाकिस्तानी कपडा निर्यात कम्पनीले ३० करोड डलरभन्दा कमको निर्यात गरेको थियो । यो पार्कबाट निर्यात गर्ने प्रमुख लक्ष्य राखिएको कम्पनीले जनाएको छ । अहिले उक्त कम्पनीले तीन हजार जनालाई रोजगारी दिएको छ । जसमा २८ जना चिनियाँ छन् । यसबाहेक पार्क पूर्णरुपमा सञ्चालन हुँदा १० देखि ११ हजार जनाले रोजगारी पाउनेछन् ।

च्यालेन्जले चीनबाट १५ करोड डलरको निर्यात गर्छ । चीनमा यसले बनाएका गार्मेन्टको औसत मूल्य २० अमेरिकी डलर छ । यसको तुलनामा लाहोरमा बन्ने गार्मेन्टको औसत मूल्य ८ देखि ९ अमेरिकी डलरमात्रै हुनेछ । जुन पाकिस्तानी गार्मेन्टको भन्दा दोब्बरजस्तै हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया