एकैदिनमा भारतीय लगानीकर्ताले सेयरबजारमा ३७ खर्ब गुमाए

जस्टिन हार्पर
नयाँ दिल्ली ।
भारतीय सेयरबजार बीएसआई सेन्सेक्समा गिरावट आएपछि एकैदिनमा लगानीकर्ताले ३७ खर्ब भारु गुमाएका छन् । भारतीय मिडियाहरुका अनुसार सेन्सेक्स पछिल्लो दुई महिनामा सोमबार सबैभन्दा बढी गिरावट आएको हो ।
सोमबार कारोबार बन्द हुँदासम्म सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण ३७ खर्ब १८ अर्ब ८३ करोड ८२ लाख भारु घटेर दुई हजार दुई खर्ब ६४ अर्ब ९८ करोड १४ लाख भारुमा झरेको हो । गत १९ तारिखमा बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण दुई हजार ३९ खर्ब ८३ अर्ब ८१ करोड ९६ लाख भारु थियो ।
उक्त दिन भारतीय सेयरबजार ११ सय ४५ अंक अर्थात् २.२५ प्रतिशतले घटेर ४९ हजार ७ सय ४४ दशमलव ३२ अंकमा झरेको हो । सेन्सेक्समा लगातार पाँचौँ कारोबार अवधिमा गिरावट आएको बताइएको छ । त्यस्तै नेशनल स्टक एक्सचेन्जको निफ्टीमा पनि ३०६.०५ अंक अर्थात् २.०४ प्रतिशतले घटेको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया