टोयोटाले जापानमा ‘प्रोटोटाइप’ सहर बनाउने
लसभेगास (अमेरिका), पुस २३
टोयोटा मोटो कर्पले सोमबार जापानमा भविष्यको प्रोटोटाइप सहर निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । जापानका माउन्ट फुजीमा स्वचालित कारको प्रयोगशालाका रुपमा हाइड्रोजन इन्धनयुक्त स्मार्ट घरहरु निर्माण गर्ने योजना सार्वजनिक गरेको हो । यसमा अत्यधिक मात्रामा आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधि प्रयोग हुनेछन् । कम्पनीले यसलाई वोभन सिटी भनेको छ । उक्त सहर कसरी निर्माण गर्ने भन्नेबारे हाल कम्पनीले छलफल गरिरहेको छ । यसलाई सुरक्षित, सफा र मनोरञ्जक बनाउने कम्पनीको दाबी छ ।
उक्त क्षेत्रमा निर्माण हुने कार कारखाना भने २०२० मा बन्द हुने छ भने २ हजार घर निर्माण तत्कालै सुरु हुनेछ । यसलाई अनुसन्धाताहरुको घरका रुपमा विकास गर्ने कम्पनीको योजना छ । यद्यपि यो परियोजनाबाट विस्तृतमा कम्पनीले बताएको छैन । तर अर्को वर्षदेखि यसको निर्माण सुरु हुनेछ । कम्पनीको योजनाअनुसार काम गर्न निकै ठूलो बजेट आवश्यक हुनेछ । उक्त सहर १ सय ७५ एकड (७१ हेक्टर) जमिनमा बन्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया