Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविद्युतीय कार निर्माण गर्दै सोनी

विद्युतीय कार निर्माण गर्दै सोनी


युरोप, पुस २३
विश्व प्रसिद्ध सोनी कम्पनीले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । यसको लागि कम्पनीले कन्सेप्ट (अवधारणा) सार्वजनिक गरेको छ । सोनीले नयाँवर्ष २०२० मा ‘भिजन एस’ कन्सेप्ट सार्वजनिक गरेको हो । सोनीले इन्टरटेन्मेन्टका उत्पादन, सेन्सर क्यामरा लगायतका सामग्रीको कन्सेप्ट सार्वजनिक भएको छ । विद्युतीय गाडीभित्र र बाहिर ३३ प्रकारका सेन्सरसहित मनोरञ्जन डिस्प्ले, ३६० अडियो कनेक्टिभिटी रहेको छ । भिजन एस विद्युतीय गाडीको नयाँ डिजाइन प्लेटफर्मको लागि हो । सोनीले अटोमोटिभ सप्लायर मग्नासँग सहकार्य गरी सेडान र एसयुभी विद्युतीय सवारीको लागि उत्पादन गर्ने बताएको छ । सोनीको सीईओ केनिचिरो योशिदाले भने, ‘यस प्रोटोटाइपले गतिशीलताको भविष्यमा हाम्रो योगदानलाई समेट्छ ।’ यसबाहेक सोनीले धेरै कुरा खुलाएको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया