बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश

अमेरिका ।
अमेरिकी संघीय हवाइ प्रशासन (एफएए)ले तुरुन्त बोइङ ७७७ विमानको अनुगमन गर्न मंगलबार आदेश दिएको छ । रोयटर्सका अनुसार एफएएले प्राट एन्ड ह्विटनी पीडब्ल्यू ४००० इन्जिनहरु अरु उडानअघि नै अनुगमन गर्न आदेश दिएको हो । शनिबार युनाइटेड एयरलाइन्सको एउटा जहाजमा इन्जिनमा उडेकै बखत आगलागी भएपछि एफएएको कडा निर्देशन आएको हो ।
उक्त इन्जिनहरु एक सय २८ पुराना भर्सनका विमानहरुमा प्रयोग गरिएको छ । यो भनेको कम्पनीले अमेरिका, दक्षिण कोरिया र जापानलाई दिएका १६ सय ७७७ विमानको १० प्रतिशत हो । एफएएले विमान सञ्चालकहरुले प्रत्येक इन्जिनको टिटानियम ब्लेडको अनुगमन गर्नैपर्ने बताएको छ । सन् २०१९ को मार्चमा पनि एफएएले फ्यान ब्लेडको अनुगमन गर्न उसले भनेको थियो । सन् २०१८ मा पनि युनाइटेडका विमानको इन्जिनमा यस्तै समस्या देखिएको थियो ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले बुधबार सबै आन्तरिक हवाइ सेवा प्रदायकलाई यी मोडलका इन्जिन भएका जहाजहरु ग्राउन्डिङ गर्न आदेश दिएको छ । उसले अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई पनि आफ्नो हवाइ क्षेत्रमा बिहीबारदेखि प्रवेश नदिनसक्ने बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया