
अमेरिका ।
अमेरिका, फागुन १२ । टेस्लाका मालिक एलन मस्कले विश्वकै धनीको उपमा गुमाएका छन् । टेस्लाको सेयर मूल्य ह्वात्तै घटेपछि मस्क विश्वकै ठूलो धनीबाट एक तह तल झरेका हुन् । जनवरीको सुरुतिर आठ सय ८० अमेरिकी डलर प्रतिकित्ताभन्दा धेरै पुगेको टेस्लाको सेयर मूल्य अहिले फेरि २० प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । खासगरी यो हप्ता कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।
बीबीसीका अनुसार टेस्लाले जोखिमपूर्ण मानिएको बिटक्वाइनमा डेढ अर्ब अमेरिकी डलर लगानी गरेको समाचारले टेस्लाको सेयरमा प्रभाव परेको हो । योसँगै उनको स्थान फेरि अमेजनका मालिक जेफ बेजोसले लिएका छन् । बिटक्वाइनसँग सम्बन्धित हुनखोज्दा टेस्लाका कतिपय लगानीकर्ताले सेयर बेचेको बताइएको छ ।
मस्कले बिटक्वाइन खरिद गर्दा त्यसको सकारात्मक असर भने बिटक्वाइनलाई नै परेको थियो । जसले गर्दा बिटक्वाइन ५० प्रतिशतले महंगिएको छ । आइतबार ५७ हजार अमेरिकी डलर प्रति एक मूल्य पुगेको बिटक्वाइन फेरि २० प्रतिशतले घटेको छ । मंगलबार बिटक्वाइन ४८ हजार डलर प्रति एक मूल्य कायम भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया