सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ४० को मृत्यु
तेहरान, पुस २३
इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी सहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मंगलबार मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । उक्त घटनामा कम्तीमा १ सय ९० जना घाइते भएका बताइएको छ । टेलिभिजनले दिएको प्रारम्भिक सूचनामा कम्तीमा ३२ जनाको मृत्यु भएको बताइएको थियो तर पछि उक्त संख्या बढेको बताइएको छ । ‘दुर्भाग्यवश, शवयात्राका क्रममा अत्यधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने १ सय ९० जना घाइते भएका छन्’, इरानको आपतकालिन सेवा प्रमुख पिरहोसेन कुलिभण्डले उक्त टेलिभिजन च्यानललाई बताए ।
उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ । कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्ड्सका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको संख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए । शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भए पनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका उक्त सरकारी टेलिभिजनबाट प्रसारण गरिएका श्रव्यदृश्यमा देखाइएको थियो ।
इरानी जनताबीच गार्ड्सको क्विद बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानीलाई इराकको राजधानी बग्दादस्थित एक अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएको थियो । सुलेमानीको मृत्युले इरान शोकमा डुबेको छ भने अमेरिकी आक्रमणको बदला लिने इरानी अधिकारीले बताइसकेका छन् ।
इरानको राजधानी तेहरानका साथै दक्षिण–पश्चिमी सहर अवाज, कुम र मशहादका सहरहरूमा सुलेमानको मृत्युपछि शोक जुलुस (शवयात्रा) निकालिएको थियो भने मङ्गलबार अपरान्ह् केरमानमा इस्लाम धर्मअनुसार उहाँको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको बताइएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया