Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान

ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान


इस्लामावाद ।
पाकिस्तान एक सय २४ राष्ट्रहरु सदस्य रहेको म्याड्रिड प्रणालीमा आबद्ध भएको छ । पाकिस्तानी ट्रेडमार्कको संरक्षण गर्न दक्षिण एसियाली राष्ट्र आबद्ध भएसँगै ब्रान्ड स्वामित्ववालाहरुलाई समेत निर्यात बजारमा संरक्षण पाउन सहज भएको बताइएको छ ।

म्याड्रिड कार्यविधिमा पहुँचसँगै पाकिस्तानी ट्रेडमार्क होल्डरहरुलाई आफ्नो ट्रेडमार्क सदस्य राष्ट्रहरुमा संरक्षण गर्न विश्व बौद्धिक सम्पत्ति संगठन (विपो) मा एउटा निवेदन मात्रै दिए पुग्नेछ । म्याड्रिड प्रणालीमा आबद्ध हुने पाकिस्ताान १०८औँ राष्ट्र बनेको विपोले जनाएको छ । उसले फेब्रुअरी २४ मा आफ्नो उपकरण राखेसँगै त्यसमा पहुँच प्राप्त गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ ।

योसँगै पाकिस्तानले १२३ सदस्य राष्ट्रमा पाकिस्तानका स्थानीय ब्रान्ड होल्डरले म्याड्रिड प्रणाली प्रयोग गरेर आफ्नो ट्रेडमार्क संरक्षणको प्रक्रिया थाल्न पाउनेछन् । त्यस्तै अन्य सदस्यराष्ट्रले पनि पाकिस्तानमा आफ्ना ट्रेडमार्कको संरक्षण अधिकार पाएको आईपीओ पाकिस्तानले विज्ञप्तिमार्फत जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया