Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने

भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने


नयाँ दिल्ली ।
भारतले यो वर्ष कीर्तिमानी परिमाणमा गहुँ र धान (चामल) उत्पादन गर्ने देखिएको छ । रोयटर्सका अनुसार यो वर्ष भारतले १० करोड ९२ लाख ४० हजार टन गहुँ उत्पादन गर्ने अनुमान गरिएको छ । अहिले सरकारी भण्डारणगृहमा गहुँ (दाना) सकिँदै गर्दा भारतले उत्पादन बढाउनलागेको भारतीय कृषि मन्त्रालयले जनाएको छ । धेरै गहुँ उत्पादन गर्ने भारत विश्वकै दोस्रो ठूलो देश हो ।

सन् २०२१ को जुनसम्म भारतको गहुँ उत्पादन १.३ प्रतिशतले बढ्ने अनुमान रहेको कृषि तथाा किसान कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै धान (चामल) उत्पादन पनि १.२ प्रतिशतले बढेर १२ करोड ३ लाख २० हजार टन पुग्नेछ । भारत चामल उत्पादन गर्ने विश्वकै दोस्रो ठूलो देश हो भने निर्यात गर्नेमा पहिलो नम्बरमा पर्छ । यो वर्ष कुल दाना नै अघिल्लो वर्षभन्दा धेरै अर्थात् २९ करोड ७५ लाख टनको तुलनामा ३० करोड ३३ लाख ४० हजार टन उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया