Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय१० अर्ब डलर ऋण तिर्ने अवधि १ वर्ष थपाउने तयारीमा अराम्को

१० अर्ब डलर ऋण तिर्ने अवधि १ वर्ष थपाउने तयारीमा अराम्को


दुबई ।
साउदी अरेबियाको ठूलो कच्चा तेल उत्पादक साउदी अराम्कोले बैंकहरुसँग लिएको ऋण तिर्ने अवधि एक वर्ष लम्ब्याउन खोजिरहेको एजेन्सीहरुले जनाएका छन् । गत मे महिनामा कम्पनीले १० अर्ब अमेरिकी डलर ऋण लिएको थियो । तर कोरोना महामारीका कारण कम्पनीको ऋण घटाउने गरी कच्चा तेलको मूल्यले साथ दिएन ।

स्रोतलाई उल्लेख गर्दै रोयटर्सले तयार गरेको रिपोर्टअनुसार ऋण लिएका बैंकहरुसँग अराम्कोले अहिले भित्रभित्रै समय लम्ब्याउन खोजिरहेको हो । तर यो बैंकहरुले लिने निर्णयमा भर पर्नेछ । गत हप्तासम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ६६.१३ अमेरिकी डलर थियो । तर गत वर्ष मे महिनामा प्रतिब्यारेले ३० अमेरिकी डलरसम्म झरेको थियो । नोभेम्बरमा अराम्कोले धेरै बैंकहरुसँग ऋणपत्र सम्झौता गर्दै आठ अर्ब डलर उठाएको थियो । गत वर्ष अराम्कोको नाफा समेत घटेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया