Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो

सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो


नयाँ दिल्ली  ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सडक निर्माणमा कीर्तिमान कायम गरेको छ । केन्द्रीय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले प्रतिदिन ३३ किमि सडक निर्माणको नयाँ कीर्तिमान बनाएको बताएका हुन् ।

नवभारत टाइम्सका अनुसार चालू आर्थिक वर्षमा मात्रै ११ हजार ३५ किमि सडक निर्माण भएको छ । गडकरीले सोमबार भने, ‘हामीले आजको दिनसम्म ११ हजार ३५ किमि सडक बनाएका छौँ । यो प्रतिदिन ३२.८५ किमि निर्माण हो । जुन नयाँ कीर्तिमान हो ।’

३१ मार्चसम्म यो तथ्यांक प्रतिदिन ४० किमि पुग्नसक्ने उनले बताए । कोभिड महामारीकै बीच सरकारले यस्तो सफलता पाएको उनको भनाइ छ । गडकरीले आफूले मन्त्रालय सम्हाल्दा सडक निर्माण प्रतिदिन दुई किलोमिटर मात्रै रहेको बताउँदै तीन लाख ८५ हजार करोड लगानीका चार सय छवटा परियोजना काम नै नभई अड्किएको बतााए ।

अहिले सडक निर्माणको गति बढाइएको उनले बताए । यसका लागि ४० हजार करोड भारुका परियोजना रद्द गरिएको उनले बतााए । यसले गर्दा सडक निर्माणमा तीव्रता आएको उनको भनाइ छ । सरकारले मार्च मसान्तसम्म ४० किमि प्रतिदिन निर्माणको लक्ष्य पूरा गर्न अघि बढेको छ । महत्वाकांक्षी भारतमाला परियोजनाको माध्यमबाट पाँच लाख ३५ हजार करोड लागतमा ३४ हजार आठ सय किमि सडक निर्माणको लक्ष्य राखिएको उनको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया