Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा सामसङले चार चिप प्लान्टका लागि १७ अर्ब डलर लगानी गर्ने

अमेरिकामा सामसङले चार चिप प्लान्टका लागि १७ अर्ब डलर लगानी गर्ने


अमेरिका ।
सामसङ इलेक्ट्रोनिक्सले संयुक्त राज्य अमेरिकामा चारवटा चिप प्लान्ट स्थापना गर्ने भएको छ । रोयटर्सका अनुसार कम्पनीले एरिजोना, न्युयोर्क, टेक्ससमा प्लान्ट स्थापनाका लागि १७ अर्ब अमेरिकी डलर लगानी गर्नेछ ।

यसका लागि टेक्सस राज्य प्रशासनमा कम्पनीले आवश्यक कागजात पेस गरेको छ । फेब्रुअरी २६ मा पेस भएका कागजात विवरणअनुसार टेक्ससको ट्राभिस काउन्टीमा २० वर्षमा कम्पनीले एक अर्ब ४८ करोड अमेरिकी डलर लगानी गर्नेछ । त्यस्तै अस्टिन सिटीमा ८० करोडभन्दा धेरै डलर लगानी गरी प्लान्ट स्थापना गर्नेछ ।

यसबाहेक एरिजोना र न्युयोर्कमा पनि कम्पनीले प्लान्ट स्थापनाका लागि छलफल गरिरहेको छ । ती कारखानाबाट कम्पनीले उच्च विकसित लजिक डिभाइसहरु बनाउनेछ । यसबाट एक हजार आठ सय रोजगारी सिर्जना हुनेछ ।

अस्टिनमा कम्पनीको यसअघि नै चिप प्लान्ट रहेको छ । केही दिनअघिको हिमपातसँगै उक्त कारखाना अहिले बन्द भए पनि पुनः खोल्ने तयारी गरिएको छ । अमेरिकामा टेस्ला इन्क, क्वाल्कम इंक र विदियालगायतले कम्पनीका चिपहरु प्रयोग गर्छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया