Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने


सिडनी ।
अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय भएको मङ्गलबार जानकारी दिए । कोरोनाभाइरसको महामारीका कारण अष्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ ।

‘अत्यावश्यक बाहेक अन्य आवतजावत तथा ओसारपसार बन्द गर्नु पर्ने बाध्यता अझै पनि कायमै छ’, मन्त्री हन्टले भने । अष्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उनले स्पष्ट पारे । विशेष र अत्यावश्यक कारण बाहेकका अन्य कारणले अष्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ । अष्ट्रेलियामा मंगलबारसम्म २८ हजार नौ सय ८६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने नौ सय नौ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया