Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ ह्याकरले इमेल साइबर आक्रमण गरेको माइक्रोसफ्टको आरोप

चिनियाँ ह्याकरले इमेल साइबर आक्रमण गरेको माइक्रोसफ्टको आरोप


अमेरिका ।
प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो मेल सर्भरमा चिनियाँ साइबर आक्रमणकारीले आक्रमण गरेको आरोप लगाएको छ । ती ह्याकरहरु चिनियाँ सरकारी ह्याकर भएको उसको दाबी छ । एक ब्लग पोष्ट गर्दै कम्पनीले फरक भर्सनका सफ्टवेयरमा ह्याकिङको प्रयास भएको हो । ह्याकरहरु तालिमप्राप्त रहेको माइक्रोसफ्टको दाबी छ । ह्याकरहरुले कतिपय इमेल इन्बक्ससम्म पहुँच प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका थ्रेट इन्टेलिजेन्स सेन्टरले राज्यको सहयोग प्राप्त चीनबाहिर सक्रिय रहेको हाफनियम ह्याकर ग्रुपले ह्याक गरेको जनाएको छ । सेन्टरले ह्याकिङ शैली र प्रकृतिको अध्ययन तथा विश्लेषण गरेको थियो । माइक्रोसफ्टका अनुसार हाफनियमले सरुवा रोग अनुसन्धान, कानुनी फर्म, उच्चशिक्षासम्बन्धी शैक्षिक संस्था र रक्षा क्षेत्रका ठेकेदारलाई निशाना बनाउने गरेको छ ।

त्यस्तै पोलिसी थिंकट्यांक (नीति विश्लेषक बौद्धिक समूह) र गैरसरकारी समूह पनि ह्याकरको निशानामा पर्ने गरेका छन् । माइक्रोसफ्टले चिनियाँ राज्यसम्बन्धित ह्याकरविरुद्ध आरोप लगाएको बितेको १२ महिनामा यो छैठौँ पटक हो । हाफनियम चीनको भए पनि यसले अमेरिकामा प्राइभेट सर्भरबाट ह्याकिङ कार्य सञ्चालन गर्छ । कम्पनीले ह्याकिङविरुद्ध सफ्टवेयर अपडेट गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया