Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारघरेलु मागले भारतको सेवा क्षेत्र चलायमान

घरेलु मागले भारतको सेवा क्षेत्र चलायमान


बेंग्लोर ।
भारतमा घरेलु माग उच्च भएपछि सेवा क्षेत्र चलायमान भएको छ । कोरोनाले सुस्त पारेको आर्थिक गतिविधि द्रुतगतिमा बढेपछि सेवा क्षेत्रमा आठ वर्षयताकै सक्रियता देखिएको एक निजी क्षेत्रको सर्वेक्षणले देखाएको रोयटर्सले जनाएको छ ।

एसियाकै तेस्रो ठूलो अर्थतन्त्र रहेको भारत प्राविधिक मन्दीबाट बाहिर आएको र वर्षगत तुलनामा अन्तिम त्रैमासिकमा शून्य दशमलव चार प्रतिशतले थप विस्तार भएको थियो ।

गत महिना द निकी/आईएचएस मार्किट सर्भिस पर्चेसिङ मेनेजर्स इन्डेक्स ५५.३ प्रतिशतले बढेको छ । यस्तो वृद्धिदर जनवरीमा ५२.८ प्रतिशत थियो । फेब्रुअरी २०२० देखि यताकै उक्त दर बढी हो । लगातार पाँच महिनासम्म यस्तो अंक ५० कै स्तरमा रहेको छ । नयाँ व्यवसायलाई ट्र्याक गर्ने उपसूचक पनि एक वर्षयताकै उच्च भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया