Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि

बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि


बेइजिङ ।
अलिबाबाा र एन्ट ग्रुपका संस्थापक ज्याकमाले चीनकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन् । चिनियाँ नियामक अधिकारीहरुले माविरुद्ध अनुसन्धान गरिरहेका छन् । मा र उनको परिवार हुरुन ग्लोबल रिच लिस्ट २०२० र २०१९ मा उच्च स्थानमा रहे पनि मंगलबार प्रकाशित ताजा रिपोर्टअनुसार माले उक्त उपाधि गुमाएका छन् ।

उनको स्थान अहिले नोङफु स्प्रिङ ब्रान्डको बोटल वाटर बिक्रेता कम्पनीका मालिक झोंग शान्सानले लिएका छन् । टेन्सेन्ट होल्डिंग्सका पोनी मा, इकमर्स पिन्डुओडुओका कोलिन हुआंगहरु अगाडि आएका छन् । हुरुन रिपोर्टअनुसार माको अवनति चीन सरकारले अलिबाबा र एन्ट ग्रुपको धोखाधडीपूर्ण व्यवसाय गरिरहेको भन्दै थालेको अनुसन्धानपछि सुरु भएको हो । माले अक्टोबर २४ मा दिएको एक भाषणपछि उनी अनुसन्धानको घेरामा परेका थिए । अलिबाबा चर्चित प्रविधि कम्पनी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया