Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाइक्रोसफ्टको कमजोरीले २० हजार अमेरिकी संस्थामा ह्याकरको पहुँच

माइक्रोसफ्टको कमजोरीले २० हजार अमेरिकी संस्थामा ह्याकरको पहुँच


अमेरिका ।
२० हजारभन्दा धेरै अमेरिकी संस्थाहरुमा ह्याकरले पहुँच पाएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार माइक्रोसफ्ट कर्पको इमेल सफ्टवेयरमा भएको कमजोरीका कारण ह्याकरले पहुँच पाएको शुक्रबार एक अमेरिकी सरकारी अधिकारीले बताएका छन् ।

सोलारविन्ड्स कर्पबाट डाउनलोड भएको कोडसँग सम्बन्धितभन्दा धेरै स्थानहरुमा ह्याकरको पहुँच पुगेको बताइएको छ । गत डिसेम्बरमा यो कुरा पत्ता लागेको थियो । क्रेडिट युनियन, टाउन गभर्नमेन्ट र साना व्यवसायहरुबीच भएको पछिल्लो ह्याकिङको घटनाले धेरै माध्यम ह्याकरको लागि खुल्ला भएको बताइएको छ ।

यसबारे अमेरिकी सरकारले अनुसन्धान गर्दा यस्तो तथ्य बाहिरिएको हो । ह्याकिङबाट दशौँ हजार एसिया र युरोपका संस्थाहरु पनि प्रभावित भएको बताइएको छ । मंगलबार माइक्रोसफ्टले आकस्मिक प्याचहरु जारी गरे पनि ह्याकिङ नरोकिएको बताइएको छ । तर माइक्रोसफ्टले यसअघि सीमित र लक्षित आक्रमणमात्रै भएको दाबी गरेको थियो । पछिल्लो खुलासाबारे कम्पनीले कुनै प्रतिक्रिया दिइसकेको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया