Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचामाथ पालिहापिटियाले भर्जिन गालाक्टिकको सेयर बेच्ने

चामाथ पालिहापिटियाले भर्जिन गालाक्टिकको सेयर बेच्ने


अमेरिका ।
संयुक्त लगानीकर्ता चामाथ पालिहापिटियाले भर्जिन गालाक्टिकमा रहेको केही सेयर बिक्री गर्ने भएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो जानकारी दिएको रोयटर्सले जनाएको छ । ‘यसो गर्न मन थिएन’, उनको भनाइ उद्धृत गर्दै रोयटर्स लेख्छ, ‘यो हप्तामात्रै मैले झण्डै दुई अर्ब डलर गुमाएँ ।’ थ्रेड गर्दै चामाथले लामो ट्विट गरेका छन् । उनले आफूले गरेको लगानीको समीक्षा गर्ने जनाएका छन् । सन् २०१९ मा उनले अन्तरिक्ष पर्यटनसम्बन्धी कम्पनीलाई सार्वजनिक कम्पनीमा लैजान मद्दत गरेका थिए ।

नियामकीय निकायमा पेस भएको कागजातले पनि उनले ६२ लाख कित्ता सेयर २१ करोड ३० लाख डलर हाराहारीमा बिक्री गरेको देखाएको छ । तर उनले आफूले अन्यत्र स्पाकमा लन्च गरेको कुनै पनि कित्ता सेयर बिक्री नगरेको स्पष्टीकरण दिएका छन् । प्रवक्तामार्फत शुक्रबार इमेल गरिएको एक वक्तव्यमा उनले अब आफू जलवायु परिवर्तनसँग जुध्ने खालका ठूला लगानीमा केन्द्रित भएको बताएका छन् । भर्जिन गालाक्टिकले भने यसको कुनै प्रतिक्रिया नदिइसकेको रोयटर्सले उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया