उत्तर कोरियाद्वारा पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लंघन
प्योङयाङ ।
उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् । एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा पार भएको राष्ट्र संघ सुरक्षा परिषद्को विज्ञहरूले बताएका हुन् ।
नयाँ रिपोर्ट अनुसार गत वर्ष जनवरीदेखि सेप्टेम्बरसम्ममा कोरियाले कुन देशको भनेर परिचय नखुलेका केही मुलुकका १२१ सामुद्रिक ट्यांकरको प्रयोग गरी ग्यास तथा डिजेललगायतका पदार्थलाई आयात गरेको हो । उत्तर कोरियालाई आवश्यक भनी तोकिएकोभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट प्योङ्याङ्ले आफ्नो आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरी आफ्नो हतियार विकासमा प्रयोग गरेको आशंका विज्ञहरूले गरेका हुन् ।
उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्धभन्दा कोइला, माछा र टेक्सटायललगायतका सामानको निर्यातको सिलिङ (सीमा)लाई पनि पार गरेको र यसरी प्राप्त राजस्वलाई हतियार विकासमा लगाएको दावी राष्ट्रसंघीय समितिको रहको छ । प्योङ्याङले सन् २०१९ जनवरीदेखि सन् २०२० नोभेम्बरसम्मको कुल ‘भर्चुअल एसेट’ चोरीको मूल्य करिब ३१ करोड ६४ लाख अमेरिकी डलर रहेको तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
- कांग्रेस पुन: सरकारमा जान्छ : महामन्त्री थापा
- मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
- पेस्तोलसहित कपनबाट एकजना पक्राउ
- सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
- बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
- निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन : प्रधानमन्त्री
- जलस्रोतमा सबैभन्दा बढी जलवायु परिवर्तनको असर परेको छ : मन्त्री बस्नेत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया