Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतसँगको सहज यातायात सञ्जालले बंगलादेशको आम्दानी १७ प्रतिशतले बढ्छ : विश्व बैंक

भारतसँगको सहज यातायात सञ्जालले बंगलादेशको आम्दानी १७ प्रतिशतले बढ्छ : विश्व बैंक


ढाका ।
भारत र बंगलादेशबीचको सहज यातायात सञ्जालले बंगलादेशको आय १७ प्रतिशतले बढ्ने विश्व बैंकले जनाएको छ । त्यस्तै भारतको आठ प्रतिशतले बढ्ने विश्व बैंकको नयाँ प्रतिवेदनले देखाएको छ ।

‘कनेक्टिङ टु थ्राइभ : च्यालेन्जेस एन्ड अपच्र्युनिटिज अफ ट्रान्सपोर्ट इन्टिग्रेसन इन इस्टर्न साउथ एसिया’ नामक मंगलबार सार्वजनिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिववेदनले बंगलादेश–भुटान–भारत–नेपाल (बीबीआईएन) मोटर भेहिकल्स एग्रिमेन्ट (एमभीए)लाई अन्तर्राष्ट्रिय उपयुक्त अभ्यासका रुपमा लिएको छ । यसले क्षेत्रीय सञ्जालमा रहेको खाली स्थान भर्ने प्रतिवेदनमा उल्लेख छ ।

सवारीसाधन सम्झौता (एमभीए)लाई प्रवद्र्धन गर्न देशहरुले गर्नुपर्ने क्षेत्रीय नीतिगत कामहरुबारे पनि प्रतिवेदनले जोड दिएको छ । यसले सम्बन्धित पूर्वाधारमा लगानीले देशहरुको नाफाको आकार समेत बढाउने प्रतिवेदनको ठहर छ ।

प्रतिवेदनमा भनिएको छ, ‘भौगोलिक रुपले बंगलादेशलाई भारत, नेपाल, भुटान र अरु पूर्वी एसियाली देशहरुको रणनैतिक गेटवे बनाउँछ ।’ बंगलादेशले पनि क्षेत्रीय व्यापार, ट्रान्जिट, लजिस्टिक नेटवर्कको सुधार गरेर आर्थिक शक्तिराष्ट्र बन्नसक्ने बंगलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक मर्सि टेम्बनले बताए ।

बितेको दशकमा भारत–बंगलादेश व्यापारको आकार बढेको छ । तर अब १० अर्ब डलरसम्मको व्यापार हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ । विश्व बैंकले भारतको छिमेक पहिलो नीतिलाई पूर्ण समर्थन गरेको जनाएको छ । एमभीएलाई बैंकले ठूलो र पहिलो कदम भनेको छ । तर धेरै कुरा अझै गर्नुपर्ने अवस्थामा रहेको उल्लेख छ । महामारीबाट आर्थिक पुनरुत्थानसँगै उपक्षेत्रीय सञ्जाल विकासमा ध्यान दिनुपर्ने उल्लेख छ । उक्त सम्झौता सन् २०१५ मै भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया