तेलको मूल्यवृद्धिविरुद्ध भारतका दुवै सदनमा विपक्षीको अवरोध

नयाँ दिल्ली ।
भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुवै सदनको गतिविधि अवरूद्ध बनेको छ । तेलको मूल्यवृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मको लागि स्थगित गरिएको हो ।
दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुनेबित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेंंका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् । त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । उनले विक्षपीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै आश्चर्य व्यक्त गर्नुभएको थियो ।
यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन्।त जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन् । राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया