हरेक घरमा एउटा हवाइजहाज हुने अमेरिकाको अनौठो गाउँ !

अमेरिका ।
संयुक्त राज्य अमेरिकामा यस्ता गाउँ छन् जहाँको हरेक घरमा एउटा हवाइजहाज हुन्छ । सुन्दा पत्याउनै मुस्किल पर्ने तर कटु सत्य हो यो । त्यो गाउँ हो अमेरिकाको रेसिडेन्सल एयरपार्क । यसलाई फ्लाई इन कम्युनिटीका रुपमा पनि चिनिन्छ । एक वा त्योभन्दा धेरै घरसँगै जोडिएका रनवेहरु र फराकिला बाटा भएको यो गाउँ धेरै सुविधासम्पन्न छ ।
दोस्रो विश्वयुद्ध सकिएसँगै अमेरिकामा यस्ता गाउँहरु विकास भएको पाइन्छ । र, अहिलेसम्म पनि यस्ता गाउँहरु कायमै छन् । रेसिडेन्सल एयरपार्कमा सामान्यतया निजी स्वामित्व र अलिक कडिकडाउ गरिएको छ । धेरैजसोले व्यावसायिक सञ्चालन र व्यवसाय गर्दैनन् । यी कम्युनिटीहरु विलासी रियल स्टेट मार्केट बनेका छन् । यी बस्तीका सडक पनि धेरै फराकिला छन् । जहाँ एउटा जहाज र कार सँगसँगै निस्किन सक्छन् ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले निर्णायक भूमिका निभाएको थियो । विकिपेडियाका अनुसार अमेरिकामा सन् १९३९ सम्म मात्र ३४ हजार पाइलट थिए । तर सन् १९४६ सम्म आइपुग्दा त्यो संख्या बढेर चार लाख बढी पुगेको थियो । लडाइँ सकिएसँगै धेरैजसो एयरफिल्ड र पाइलट खाली भए । यसैलाई समाधान गर्न अमेरिकाको द सिभिल एरोनाउटिक्स एडमिनिस्ट्रेसनले आवासीय एयरपार्क बनाउने प्रस्ताव राख्यो । सोसँगै बन्द भइसकेका सैन्य एयरस्ट्रिप्समा पेन्सन पाएका सैनिक पाइलटलाई राखिने निर्णय भयो । यसअनुसार बस्ती राखेपछि यसलाई फ्लाई इन कम्युनिटिज भन्न थालियो । र, यहाँका हरेक घरमा कारजस्तै एउटा हवाइजहाज हुन्छन् ।
पहिलो एयरपार्क भने सन् १९४६ मा क्यालिफोर्नियाको फ्रेस्नोमा रहेको सियरा स्काई पार्कलाई मानिन्छ । अमेरिकामा यस्ता रेसिडेन्सल एयरपार्कहरु धेरै छन् । द लिभिङ विथ योर प्लेन एसोसिएसनका अनुसार कम्तीमा पनि चार सय २६ वटा यस्ता एयरपार्क रहेका छन् । फ्लोरिडामा मात्रै ५२ वटा यस्ता रेसिडेन्सल एयरपार्क छन् भने वासिङटनमा ५०, क्यालिफोर्नियामा २८ र ओरेगनमा २३ वटा छन् । विश्वभर यस्ता आवासीय एयरपार्कहरुको संख्या करिब छ सय ३० रहेका छन् । जसमध्ये अधिकांश अमेरिकामै छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया