युरोपमा बेलायती निर्यात ४० प्रतिशत घट्यो

लन्डन ।
बेलायतमा उत्पादन तथा निर्माण भएका वस्तुहरुको युरोपकै अन्य देशमा निर्यात ह्वात्तै घटेको छ । बेलायती अफिस फर नेशनल स्टाटिस्टिक्स (ओएनएस)का अनुसार जनवरी महिनामा ४० प्रतिशतले निर्यात घटेको हो । त्यस्तै आयातमा पनि २८.८ प्रतिशत कमी आएको बीबीसीले जनाएको छ । सन् १९९७ देखि तथ्यांक राख्न सुरु गरिएयताकै यो अहिलेसम्मकै ठूलो गिरावट भएको बताइएको छ । बेलायत र युरोपेली संघबीच नयाँ व्यापारसम्बन्धी नियम कार्यान्वयनमा आएयता यस्तो गिरावट आएको बताइएको छ । धेरैजसो गिरावटमा भने अस्थायी तत्वहरुको कारण यसो हुन गएको ओएनएसले जनाएको छ ।
नयाँ तथ्यांकअनुसार बेलायतको अर्थतन्त्र समेत २.९ प्रतिशतले खुम्चिएको छ । कोरोना रोक्न तेस्रो लकडाउन जारी रहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । यस्तै कोरोना महामारी सुरु हुनुअघिभन्दा बेलायतको अहिलेको अर्थतन्त्रको आकार नौ प्रतिशतले सानो भएको छ । जनवरीमा बेलायतबाट निर्यात घटेर साढे पाँच अर्ब पाउन्ड स्टर्लिङमा झरेको छ । त्यस्तै आयात पनि घटेर साढे अर्ब पाउन्डमा झरेको छ ।
ओएनएसका अनुसार युरोपबाट ठूलो परिमाणमा मेसिनरी र यातायात सामग्री आयात भएको छ । त्यस्तै युरोपबाट केमिकल पनि धेरै परिमाणमा आयात भएको छ । त्यस्तै कार, औषधि र यससम्बन्धी उत्पादन आयातमा भने प्रभाव परेको छ । यसरी व्यापार घट्नुमा मुख्य भूमिका ब्रेक्जिटले गरेको देखिएको छ । तर बेलायतको गैरयुरोपेली मुलुकसँगको व्यापार भने जनवरी महिनामा १.७ प्रतिशतले बढेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया