बिटक्वाइनको मूल्य ६० हजार डलर नाघ्यो

अमेरिका ।
विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । रोयटर्सका अनुसार शनिबार एउटा बिटक्वाइनको मूल्य ६० हजार अमेरिकी डलर पुगेको हो । शनिबारको मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो समय बिटक्वाइनको मूल्यमा एकपछि अर्को गरी कीर्तिमान बनिरहेको छ ।
डिजिटल मुद्राप्रति विभिन्न कम्पनी र प्रतिष्ठित व्यवसायीबाट सकारात्मक प्रतिक्रिया आइरहँदा यसको माग बढेको बताइएको छ । केही समयअघि मात्रै टेस्लाका मालिक एलन मस्कले टेस्लाले डेढ अर्ब डलरबराबरको बिटक्वाइन खरिद गरेको बताएका थिए । विगत वर्षमा बिटक्वाइनको मूल्यमा निकै उतारचढाव देखिएको छ । बिटक्वाइनजस्तै अन्य डिजिटल मुद्राहरु पनि प्रशस्तै छन् । अन्य डिजिटल मुद्राको मूल्य पनि बढिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया