Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकम्प्युटर गेमिङमा भारतले छ महिनामै भित्र्यायो साढे ५४ करोड डलर लगानी

कम्प्युटर गेमिङमा भारतले छ महिनामै भित्र्यायो साढे ५४ करोड डलर लगानी


नयाँ दिल्ली ।
भारतको कम्प्युटर गेमिङमा केवल छ महिनामै ५४ करोड ४० लाख अमेरिकी डलर लगानी भित्रिएको छ । भारतीय मिडियाहरुका अनुसार गत वर्ष अगस्टदेखि यो वर्ष जनवरीसम्म उक्त लगानी भित्रिएको हो । मापल क्यापिटल एडभाइजर्सको एक रिपोर्टअनुसार यस्तो तथ्य बाहिरिएको हो ।

अबको डेढ वर्षभित्र गेमिङ बजार दुई गुणाले बढ्ने रिपोर्टले देखाएको छ । भारतमा डिजिटल गेममा चाहना राख्नेको संख्या समेत ४० करोड रहेको छ । लगानीकर्ताले यसैलाई हेरेर लगानी गरेको मानिएको छ । विश्वमा हुने डिजिटल गतिविधिमध्ये १५ प्रतिशतभन्दा धेरै भारतमै हुने गरेको छ । पछिल्लो समय ड्रिम ११ मा साढे २२ करोड, मोबाइल प्रिमियर लिगमा नौ करोड, नजारा टेक्नोलोजिजमा ६.८ करोड अमेरिकी डलर लगानी आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया