Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ धितोपत्र बजारमा १८ करोड लगानीकर्ता

चिनियाँ धितोपत्र बजारमा १८ करोड लगानीकर्ता


बेइजिङ ।
चिनियाँ धितोपत्र बजारले लगानीकर्तालाई उल्लेख्य रुपमा आकर्षण गरिरहेको तथ्यांकले देखाएको छ । चाइना सेक्युरिटिज डिपोजिटरी एन्ड क्लियरिङ कर्पोरेसन लिमिटेडको तथ्यांकअनुसार चिनियाँ धितोपत्र बजारमा १८ करोड १४ लाख ८० हजार लगानीकर्ता रहेका छन् । यो तथ्यांक गत फेब्रुअरीसम्मको हो ।

त्यसमध्ये व्यक्तिगत लगानीकर्ताको संख्या ९९.७७ प्रतिशत छन् । संस्थागत लगानीकर्ताले शून्य दशमलव २३ प्रतिशत हिस्सा ओगटेको चाइना सेक्युरिटिजले जनाएको छ । जनवरी १ देखि फेब्रुअरी २८ सम्म मात्रै चिनियाँ धितोपत्र बजारले दुई करोड १७ लाख ३० हजार नयाँ लगानीकर्तालाई आकर्षित गरेको देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया