Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल

दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल


जेरुसेलम ।
इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौंथो पटक निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । गत वर्ष भएको निर्वाचनमा नत नेतान्याहुको दक्षिणपन्थी समूहलाई न सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो । फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतान्याहुको नेतृत्वमा सरकार बनेको थियो ।

बाध्यतावश गठन भएको नेतान्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो । गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयासहरू थालेको थियो ।

कोभिड–१९ खोपलाई अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई दिन सफल इजरायलली प्रधानमन्त्री नेतान्याहुले कोभिड–१९ विरूद्धको अभियानलाई सफल पार्नुलाई आफ्नो नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गरेका छन् । एकहत्तर वर्षीय नेतान्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसकेका छन् । यसैगरी, नेतान्याहुका प्रमुख प्रतिद्वन्द्वी गान्जले नेतान्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया