Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने


जुरिच ।
स्विट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब एक अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ । एएफपीका अनुसार क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ ।

रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४.०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ । नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया