Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘अवतार’ संसारकै धेरै आम्दानी गर्ने चलचित्र

‘अवतार’ संसारकै धेरै आम्दानी गर्ने चलचित्र

कमायो दुई अर्ब ८० करोड डलर


अमेरिका ।
हलिउड चलचित्र अवतारले संसारकै धेरै आम्दानी गर्ने फिल्मको स्थान फेरि आफैँले लिन सफल भएको छ । चीनमा पुनः प्रदर्शनमा आउँदा विज्ञान कथा (साइन्स फिक्सन)मा आधारित उक्त फिल्म सन् २००९ मा रिलिज भएको थियो । उसले एक दशकयता ग्लोबल बक्स अफिसमा सर्वाधिक आम्दानी गरेको चलचित्रमा आफ्नो नाम लेखाएको थियो तर सन् २०१९मा रिलिज भएको मार्वेलको एभेन्जर्सः एन्डगेमले उसको स्थान खोसेको थियो ।

चीन विश्वकै ठूलो फिल्म बजार हो । पुनः प्रदर्शनमा आएसँगै यो फिल्मको कुल कमाइ दुई अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ । कोरोना महामारी रोक्न गरिएको लकडाउनयता चिनियाँ बजारमा फिल्म बजार पुनः तातेको छ ।

अवतारका निर्देशक जेम्स क्यामरुन हुन् । गत शुक्रबारमात्रै अवतारले ४० लाख डलर कमाइ गरेको थियो । सोही कमाइले एन्डगेमलाई उछिनेको वितरक वाल्ट डिस्नेले जनाएको छ । सन् २०१९ फक्सबाट कम्पनीले दुववै फिल्मको स्वामित्व किनेको छ । यसैले चर्चित फिल्म टाइटानिकको पनि स्वामित्व लिएको छ । टाइटानिक विश्वकै धेरै कमाउने तेस्रो ठूलो फिल्म हो ।

जेम्स क्यामरुन अहिले अवतारकै सिक्वेल्स (अर्को भाग) निर्माणमा व्यस्त छन् । यो फिल्म सन् २०२२ मा प्रदर्शनमा आउने बताइएको छ । अवतार चीनमा प्रदर्शनमा आउनुअघि ७६ करोड डलर अमेरिकामा कमाइ गरेको थियो भने अन्तर्राष्ट्रिय रुपमा यसले दुई अर्ब डलर कमाएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया