Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा महामारीअघिकै अवस्थामा पेट्रोलियम पदार्थको माग

भारतमा महामारीअघिकै अवस्थामा पेट्रोलियम पदार्थको माग


नयाँ दिल्ली ।
भारत आयल निगम (आईओसी)का प्रमुख श्रीकान्त माधव वैद्यले भारतमा इन्धनको माग महामारीअघिकै अवस्थामा पुगेको बताएका छन् । अर्थ व्यवस्था चलायमान हुने क्रम बढ्दै गर्दा इन्धनको माग अझै बढ्नसक्ने उनले बताएका छन् । कोरोना महामारी सुरु भएसँगै गरिएको लकडाउनको समयमा इन्धनको माग ४५.८ प्रतिशतले घटेको थियो । अहिले भने पेट्रोल र डिजेलको माग कोभिडपूर्वको अवस्थामा पुगेको छ ।

वैद्यले मंगलबार भनेका छन्, ‘हवाइ इन्धनलाई छोडेर बाँकी इन्धनको माग सामान्य अवस्थामा आइपगेको छ ।’ पेट्रोलको माग केही महिनापहिले नै कोभिडपूर्वको स्तरमा आएको थियो भने डिजेलको माग पनि मार्चअघि नै वर्षगत आधारमा ७.४ प्रतिशतले वृद्धि भएको छ ।

मार्च महिनाको १५ दिनको समयमा डिजेल बिक्री बढेर २८ लाख ४० हजार टन पुगेको छ भने पेट्रोलको माग ५.३ प्रतिशत बढेर साढे १० लाख टन पुगेको छ । अक्टोबरपछि वर्षगत तुलनामा पेट्रोलको माग पहिलोपटक बढेको हो । सन् २०२०/०२१ को पहिलो त्रैमासिकमा भारतीय अर्थ व्यवस्थामा पहिलोपटक सकारात्मक वृद्धि देखिएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन समेत शून्य दशमलव चार प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया