Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा आठ लाखले लगाए कोरोनाको खोप

श्रीलंकामा आठ लाखले लगाए कोरोनाको खोप


कोलम्बो ।
श्रीलंकामा अहिलेसम्म कोरोनाभाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् । स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो । खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपंक्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक संख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये श्रीलंकामा अहिलेसम्म पाँच सय ३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्यांक छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया