Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएटलान्टा आक्रमण : सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एसियाली समुदाय आक्रोशित

एटलान्टा आक्रमण : सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एसियाली समुदाय आक्रोशित


वासिङटन ।
अमेरिकाको एट्लान्टास्थित मसाज पार्लरमा गोली प्रहार गरी आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सन्दिग्ध आक्रमणकारीविरुद्ध हत्याको अभियोग लगाइएको छ । अमेरिकी समयअनुसार गत मंगलबार भएको उक्त आक्रमणमा ज्यान गुमाउने मानिसमध्ये एशियाली मूलका छ महिला रहेका थिए ।

अहिलेसम्म आठ जनामध्ये चार जनाको सनाखत भएको बताइएको छ । उक्त आक्रमण जातीय भावनाबाट उत्प्रेरित थियो कि थिएन भनेर प्रहरीले पुष्टि गर्न सकेको छैन । सन्दिग्ध आक्रमणकारीलाई विभिन्न हत्या र साङ्घातिक आक्रमणको अभियोग लगाइएको छ । प्रहरीले उनको नाम रोबर्ट आरोन लङ भएको बताएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार लङले आफू ’यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन् । उनीसितबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन् । कतैकतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ । तर स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै संकेत नदेखिएको बताइएको छ । आक्रमणपछि अमेरिकामा बस्ने एशियाली समुदायमा क्षोभ र आक्रोश देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया