Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वका प्रत्येक पाँचमध्ये एक बच्चालाई पानीको अभाव : युनिसेफ

विश्वका प्रत्येक पाँचमध्ये एक बच्चालाई पानीको अभाव : युनिसेफ


अमेरिका ।
विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक एक तथ्यांकमा जनाइएको छ । विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्यांकमा उल्लेख छ । युनिसेफको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन् । यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ ।

दक्षिण एसियामा कुल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य षेत्रको तुलनामा बढी बालबालिका पानीको अभाबबीच बाँचिरहेका तथ्यांक रहेको छ । युनिसेफले पानीको अभाब झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किना फासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वको पानी सङ्कट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ ।’ फोरले भने, ‘पानीको अभावका कारण सबैभन्दा बढी प्रभावित बालबालिकाहरू रहेको देखिएको छ । इनारहरू जब सुख्खा हुन्छन् बालबालिकाहरू विद्यालय छोडेर पानी बोक्न धाउन सक्छन् ।’

खडेरीले खाद्यान्न आपूर्तिमा कमी भएपछि बच्चाहरू कुपोषण र शारीरिक वृद्धिमा प्रभाव पर्दछ । जब बाढी आउँछ उनीहरू नै पानीजन्य बिरामीहरूबाट बिरामी पर्दछन् र जब पानीको स्रोतको अभाव हुन्छ यसको प्रभावबच्चाहरूले रोगहरूविरुद्ध लड्न आफ्नो हात धुनसमेत पाउँदैनन् ।’ नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो ।

‘हामीले अहिले नै पानीको समस्यालाई सम्बोधन गर्नुपर्छ र यसलाई अझ खराब हुनबाट रोक्नको लागि पहल गर्नुपर्छ र यसको समाधान जलवायु परिवर्तनका स्रोतहरूलाई रोकेर यस ग्रहमा भविष्यका ताराहरूलाई पानीको अभावबाट कम प्रभावित बन्ने अवस्था सिर्जना गर्नु नै आजको आवश्यकता हो’, उनले भने ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया