मलेसिया छोडेर इन्डोनेसियाबाट पाम तेल आयातको तयारीमा भारत
नयाँ दिल्ली, पुस २५
भारतले चालेका कतिपय कदमको मलेसियाले निरन्तर विरोध गरेपछि क्वालालम्पुरबाट पाम तेल आयात गर्दै आएको नयाँ दिल्लीले आयातकर्तालाई इन्डोनेसियाबाट तेल आयात गर्न अनुरोध गरेको छ । भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार प्रशोधित पाम तेल आयातमा कडाइ गरेको हो । भारतीय सरकारले उद्योगीहरुलाई समेत मलेसियाको पाम तेल आयात नगर्न सल्लाह दिएको छ । भारत विश्वकै ठूलो पाम तेल आयात गर्ने देश हो ।
प्रत्येक वर्ष भारतले डेढ करोड टन खाद्य तेल खरिद गर्छ । यसमा ९० लाख टन पाम तेलको हिस्सा छ भने ६० लाख टन भटमासको तेल र सूर्यमुखीको हिस्सा छ । भारतले मलेसियाबाट ३० प्रतिशत पाम तेल खरिद गर्छ । इन्डोनेसियाबाट पनि भारतले ७० प्रतिशत पाम तेल आयात गर्दै आएको छ । इन्डोनेसिया र मलेसिया दुवैले पाम तेल उत्पादन गर्दै आएका छन् । मलेसियाले १ वर्षमा १ करोड ९० लाख टन पामतेल उत्पादन गर्ने गर्छ भने इन्डोनेसियाले ४ करोड ३० लाख टन पाम तेल उत्पादन गर्ने गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया