अमेरिकासँगको व्यापार सम्झौतामा चीनका उपप्रधानमन्त्रीले हस्ताक्षर गर्ने
बेइजिङ, पुस २५
अमेरिकासँगको व्यापार सम्झौतामा चीनका उपप्रधानमन्त्रीले अर्को हप्ता अमेरिकी राजधानीमा हस्ताक्षर गर्ने भएका छन् । दुई देशले डिसेम्बर पहिलो साता गरेको सहमतिपत्रमा हस्ताक्षर हुनलागेको हो । चीनको वाणिज्य मन्त्रालयले बिहीबार जनाएअनुसार चिनियाँ उपप्रधानमन्त्री लिउ हेले अमेरिका–चीन पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गर्नेछन् । उनी चीनको व्यापार वार्ताटोलीका प्रमुख समेत हुन् । सोही कार्यक्रमका लागि लिउ जनवरी १३ मा अमेरिकी जाने वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेंगले बताए । जनवरी १३ देखि १५ सम्म लिउको भ्रमण तालिका तय भइसकेको छ ।
रोयटर्सका अनुसार दुवै देशका वार्ता टोली हस्ताक्षर कार्यक्रमको लागि निरन्तर सम्पर्कमा रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जनवरी १५ मा दुई देशबीच भएको पहिलोचरणको व्यापार सहमतिपत्रमा हस्ताक्षर हुने बताइसकेका छन् । अमेरिकी राष्ट्रपतिनिवास ह्वाइटहाउसमा हस्ताक्षर हुनेछ । चीनका उच्चस्तरीय व्यापार प्रतिनिधिसँगै सम्झौतामा हस्ताक्षर हुने र पछि आफू बेइजिङ जाने ट्रम्पले केही दिनअघि बताएका थिए । चीनको तर्फबाट १० जनाको सरकारी टोली वासिङटन जानेछन् ।
यसमा वाणिज्यमन्त्री झोंग शान, चिनियाँ केन्द्रीय बैंकका गभर्नर यि गांग, उपअर्थमन्त्री लियाओ मिन, उपविदेशमन्त्री झेंग जेगुआंग, अमेरिकाका लागि चिनियाँ राजदूत सुई टियानकाई समेत वासिङटन जाने बताइएको छ । अमेरिकाले चीनसँग करिब डेढ वर्षअघि व्यापारयुद्ध सुरु गरेको थियो । चीनले असन्तुलित व्यापार अभ्यास गरेको, बौद्धिक सम्पत्ति चोरी गरेको र चिनियाँ सरकारी स्वामित्वका कम्पनीलाई सब्सिडी दिएको जस्ता आरोप लगाउँदै अमेरिकाले चिनियाँ वस्तुमा कर थप्दै आएको छ । गत महिना सम्पन्न पहिलो चरणको व्यापार सम्झौतामा सहमति भएको थियो । उक्त सहमतिसँगै थप कर थोपर्ने काम दुवै देशबाट बन्द भएको छ । त्यस्तै चीनले अमेरिकी कृषिजन्य वस्तु आयात समेत बढाउने अपेक्षा गरिएको छ । सम्झौता भए पनि अहिलेसम्म विस्तृतमा सार्वजनिक गरिएको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया