Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन ४४ हजार संक्रमित

भारतमा एकै दिन ४४ हजार संक्रमित


नयाँदिल्ली ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार आठ सय ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।

एएनआईका अनुसार सोही अवधिमा अरु २२ हजार नौ सय ५६ जना भने संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा संक्रमितहरुको संख्या झण्डै दोब्बर रहेकाले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्यामा वृद्धि हुँदै गएको छ ।

भारतमा अहिले कुल संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार एक सय ३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भारतमा एक लाख ५९ हजार सात सय ५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये एक सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार पाँच सय २९ जना संक्रमित भएका छन् । भारतमा अहिलेसम्म चार करोड ४६ लाख तीन हजार आठ सय ४१ खोप लगाइएको छ । शनिबारसम्म देशभर २३ करोड ३५ लाख ६५ हजार एक सय १९ जनाको कोरोना परीक्षण गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया