Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय७० प्रतिशत खानेतेल विदेशबाट आयात गर्छ भारत

७० प्रतिशत खानेतेल विदेशबाट आयात गर्छ भारत


नयाँ दिल्ली ।
भारतमा पछिल्लो केही महिनायता खाने तेल समेत ७० प्रतिशत विदेशबाट आयात भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विदेशबाट खानेतेल आयात बढेसँगै घरेलुबजारमा खाद्य तेलको मूल्य पनि ३० प्रतिशत हाराहारीले बढेको छ । खानेतेलको आयात बढेपपछि तेल उद्योग र कारोबारसम्बन्धी केन्द्रीय संगठन सेन्ट्रल अर्गनाइजेसन फर आयल इन्डस्ट्री एन्ड ट्रेड (सीओओआईटी) ले सरकारलाई ‘जेनेटिकल्ली मोडिफाइड आयलसिड’लाई बढाउन माग गरेको छ ।

भारतलाई हरेक वर्ष दुई करोड ३० लाख टन खाद्य तेल आवश्यक पर्छ । यसमा करिब ८० लाख टन खाद्य तेल मात्रै भारतमा उत्पादन हुन्छ । सोही कारण हरेक वर्ष डेढ करोड टन इडिबल तेलको आयात गर्नुपरेको बताइएको छ । यसका लागि करिब १० अर्ब अमेरिकी डलर खर्च हुने गरेको छ । भारतमै तेलहन बालीलाई बढावा दिए यो खर्च बच्ने सरोकारवालाहरुले बताएका छन् ।

सीओओआईटीका अनुसार घरेलु स्रोतबाट मात्रै तेलहन बाली पर्याप्त मात्रामा उपलब्ध नहुने भएकाले तेल दिने बालीको बीउलाई उन्नत बनाउने अर्थात् जेनेटिकल्ली मोडिफाइड आयलसिडलाई बढावा दिनुपर्छ  । सर्स्यु, भटमास, बदाम, नरिवल, कपासको गेडा, तिललगायतका खानेतेल उपलब्ध हुने बाली लगातार घटिरहेकोमा उसले चिन्ता समेत व्यक्त गरेको छ ।

गहुँ र धानमा आत्मनिर्भर भए पनि भारतले वर्षेनी अर्बौँ डलर खाद्यतेलमा विदेश पठाउने गरेको छ । भारतले सन् १९७० को दशकमा भने खाद्यतेलको विदेश निर्यात गर्ने गथ्र्यो । सन् १९९४–९५ मा आइपुग्दा भारतले १० प्रतिशत खानेतेल आयात गर्नथालेको थियो । अहिले भने यो दर बढेर ७० प्रतिशत पुगेको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया