Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगुगलले समाधान ग-यो एन्ड्रोइड एपको समस्या

गुगलले समाधान ग-यो एन्ड्रोइड एपको समस्या


अमेरिका ।
इन्टरनेट खोजसम्बन्धी कम्पनी गुगलले धेरै प्रयोगकर्ताको एन्ड्रोइड एप दुर्घटना भएको समस्या समाधान गरेको छ । बीबीसीका अनुसार सोमबार उक्त समस्या देखिएको थियो । यसले जिमेल, फेसबुक र अमेजनलाई समेत प्रभावित पारेको थियो । एन्ड्रोइड सिस्टम वेबभ्युमा एउटा अपडेट थियो जसले एन्ड्रोइड एपलाई वेब कन्टेन्ट देखाउन अनुमति दिन्छ, त्यही अपडेटका कारण एप क्र्यासको समस्या भएको पत्ता लागेको छ ।

गुगलले प्रयोगकर्तालाई वेबभ्यु र क्रोम ब्राउजर अपडेट गर्न भनेको छ । ‘हामीले वेबभ्युसँगको समस्या समाधान गरेका छौँ । यसैले केही एन्ड्रोइडमा केही एपलाई समस्या पारेको थियो । वेबभ्यु र क्रोम ब्राउजर अपडेट गर्दा समस्या समाधान हुनेछ’, गुगलका प्रवक्ताको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया