Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमहामारीपछि अमेरिकी साप्ताहिक बेरोजगार संख्या पहिलोपटक सात लाखभन्दा कम

महामारीपछि अमेरिकी साप्ताहिक बेरोजगार संख्या पहिलोपटक सात लाखभन्दा कम


वासिङटन ।
अमेरिकामा महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम रेकर्ड गरिएको छ । एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको संख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।

अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्यांक विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार संख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाव भनिएको छ । यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्यांकले देखाएको विश्लेषकहरूले बताएका छन् ।

यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाब अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ । श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाब नियन्त्रणमा आइनसकेको भए पनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार सात सय ४५ रेकर्ड भएको छ । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया