Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा नाइक र एचएण्डएमविरुद्ध उठ्न थाल्यो बहिष्कार गर्नुपर्ने माग

चीनमा नाइक र एचएण्डएमविरुद्ध उठ्न थाल्यो बहिष्कार गर्नुपर्ने माग


बेइजिङ ।
खुद्रा सामान बिक्रेता नाइक र एचएण्डएमको चीनमा चर्को आलोचना भएको छ । यी दुई कम्पनीले चीनले सिन्जियाङमा उत्पादित कटनबारे श्रमशोषणको आरोप लगाउँदै ध्यानाकर्षण गरेका थिए । सोही कारण धेरै चिनियाँ नागरिकले यी दुई कम्पनीका सामान नै प्रयोग गर्न नहुने बताइरहेका छन् । यतिमात्र नभई चर्चित कलाकारले कम्पनीसँगको सम्बन्ध नै छोड्नथालेका छन् । इकमर्स प्लेटफर्महरुले पनि एचएण्डएमसँगको साझेदारी तोडिरहेका छन् ।

धेरै पश्चिमा देशले प्रतिबन्धको कदम चाल्नथालेपछि चीनबाट यस्तो प्रतिक्रिया देखिएको हो । सिन्जियाङमा उइगुर मुस्लिम अल्पसंख्यकमाथि मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लागिरहेको छ । कतिपय पश्चिमा देशले उत्तरपश्चिम क्षेत्रको वरिष्ठ अधिकारीलाई लक्षित गर्दै यात्रा प्रतिबन्ध, सम्पत्ति रोक्कासम्मकोे निर्णय गरेका छन् । गत डिसेम्बर महिनामा बीबीसीले एउटा अनुसन्धानमूलक रिपोर्ट सार्वजनिक गरेको थियो ।

त्यसमा चीनले सयौँ हजार मुस्लिम अल्पसंख्यकमाथि जबर्जस्ती कटन फिल्डमा काममा लादेको कुरा उल्लेख थियो । चीनमा दुई कम्पनीको आलोचना भने उनीहरुले गत वर्ष गरेको प्रश्नप्रति लक्षित छ । एक वर्षअघिको प्रश्न भए पनि अहिले चिनियाँहरु आक्रोशित हुनथालेका हुन् । दुवै कम्पनीले उइगुर मुस्लिममाथि श्रम गर्न बाध्य पारेको भन्दै छुट्टाछुट्टै रुपमा ध्यानाकर्षण भएको जनाएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन कम्युनिस्ट युथ लिगले त्यहाँको सामाजिक सञ्जालमा कम्पनीको आलोचनाबारे पोस्ट गरेपछि नागरिकस्तरमा दुई कम्पनीको चर्को आलोचना भएको हो । यता चिनियाँ सरकारनियन्त्रित मिडियाहरुले सिन्जियाङ कटनको बचाउ गर्दै कम्पनीविरुद्ध खनिने क्रम समेत सुरु भएको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया