Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारताइवानी चिप उत्पादकले सय अर्ब डलर लगानी गर्ने

ताइवानी चिप उत्पादकले सय अर्ब डलर लगानी गर्ने


ताइवान ।
ताइवानी चिप उत्पादक टीएसएमसीले आगामी तीन वर्षभित्र क्षमता अभिवृद्धिमा सय अर्ब अमेरिकी डलर लगानी गर्ने योजना घोषणा गरेको छ । ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ ।

यो विश्वकै ठूलो चिप बनाउने कम्पनी हो । चर्चित आईफोन निर्माता एप्पल पनि यो कम्पनीको ग्राहक हो । कम्पनीले यो वर्षमात्रै २८ अर्ब डलर उन्नत माइक्रो चिप उत्पादनमा खर्च गर्ने योजना ल्याइसकेको छ । विश्व कार उद्योगको क्षेत्रमा चिप अभाव खट्किएको बेला कम्पनीको योजना सार्वजनिक भएको हो । सोही कारण फक्सवागन, होन्डा, टोयोटा र जनरल मोटर्स (जीएम)ले उत्पादन कटौती नै गर्नुपरेको थियो ।

गत वर्ष कोरोना महामारीले माग घटेपछि कम्पनीहरुले माग रद्द गरेका थिए । त्यसपछि चिप उत्पादक कम्पनीले आफ्ना उत्पादन अन्यत्रै बेचेका थिए । तर पछि रद्द गरिएका माग पूर्ति अटोमेकरले गर्न सकेनन् । गाडीको माग बढ्यो तर चिप अभाव खट्कियो । जनवरीमा टीएसएमसीले मोटर उद्योगका लागि विशेष प्राथमिकता राखेर चिप उत्पादन गर्ने जनाएको थियो । चिप संकटको समस्या समाधानका लागि पहल गर्न प्राथमिकता दिने कम्पनीको भनाइ थियो । विश्वमा चिपको तीव्र माग भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया