Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने संकेत

भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने संकेत


नयाँ दिल्ली ।
भारतकी संघीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरवलोकन’पछि कटौती गर्ने संकेत गरेकी छिन् । कटौती गरेको राष्ट्रिय बचत योजना र सार्वजनिक सञ्चय कोषलगायतमा लागू गर्ने गरी आएको ब्याजदर योजनाले लाखौँ मध्यमवर्गीय बचतकर्तालाई प्रभाब पार्ने भन्दै यसलाई विचाराधीन राखिएको बुधबार अर्थ मन्त्रालयले बताएको छ ।

‘भारत सरकारको साना बचत योजनाको ब्याजदर २०२०–२०२१ को अन्तिम त्रैमासिक अवधिको दरमा जारी रहनेछ, जसमा मार्च २०२१ सम्ममा पर्ने दरहरू पुनरवलोकन गर्दै फिर्ता लिइनेछ’, अर्थमन्त्री सीतारमणले सामाजिक सञ्जालमा लेखेकी छिन् । यदि नयाँ कर दर निर्देशन कार्यान्वयन भएको भए यो एक वर्षभित्र सानो बचतमा दोस्रो कटौती हुने थियो । यो दर लागु हुँदा उक्त क्षेत्रको ब्याज दर चार दशकमा सबैभन्दा न्यून हुने थियो ।

आर्थिक वर्ष २०२०–२१ को अप्रिल–जुनको त्रैमासिकमा सरकारले साना बचत योजनाहरूको दर ०.७० देखि १.४ प्रतिशतले कटौती गरेको थियो । यो कटौतीले बालिकाहरू तथा ज्येष्ठ नागरिकका बैंकिङ योजनाहरूलाई पनि प्रभाव पार्ने आशा व्यक्त गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया