अमेरिकामा एकै महिनामा नौ लाखलाई रोजगारी

वासिङटन ।
कोरोनाविरुद्धका खोप कार्यक्रम लागू हुनथालेपछि र यसको रोकथामका लागि लगाइएका प्रतिबन्ध हटाउन थाालिएपछि अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ । गत मार्च महिनामा मात्रै रोजगारदाताले नौ लाखभन्दा धेरै रोजगारी सिर्जना गरेका छन् । बीबीसीका अनुसार रेष्टुराँ, बार, निर्माण क्षेत्र र स्कुलहरु खुल्दा नयाँ रोजगारीको अवसर मिलेको हो ।
अगष्टयताकै यो ठूलो आकारको रोजगारी सिर्जना हो । योसँगै अमेरिकाको बेरोजगारी दर फेब्रुअरीको ६.२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको छ । कोरोना संक्रमणले आक्रान्त हुँदा गत वर्ष अमेरिकामा दुई करोडभन्दा धेरै रोजगारी गुमेको थियो । भर्खरै नयाँ राष्ट्रपति जो बाइडेनले १९ खर्ब डलरको राहत प्याकेज ल्याएका थिए । यसबाट धेरै अमेरिकीले १४ सय डलर पाइरहेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया