Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपछिल्ला तीन दशकमा विश्व सडक दुर्घटना दर बढ्यो, मृत्युदर कम

पछिल्ला तीन दशकमा विश्व सडक दुर्घटना दर बढ्यो, मृत्युदर कम


युरोप, पुस २७
विश्वमा सडक दुर्घटनामा वृद्धि भएको तर सडक दुर्घटनाबाट हुने मृत्यु दरमा भने कमी आएको बिहीबार सार्वजनिक विश्वमा घाइते तथा मृत्यु विश्लेषण प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्यांकको पूर्णताका हिसाबले सन् २०१७ लाई पछिल्लो नमूना वर्ष बनाइएको स्वास्थ्य तथ्यांक तथा मूल्यांकन (आईएचएमई) ले जनाएको छ । संस्थाका अनुसार विश्वमा सडक दुर्घटनाका कारण उक्त वर्ष १२ लाख व्यक्तिको मृत्यु भएको थियो भने ५ करोड ४० लाख व्यक्ति घाइते भएका थिए ।

अध्ययनले दुर्घटनामा घाइते हुने पुरूष २५–२९ वर्ष उमेर समूहका रहेका छन् तर सडक दुर्घटनामा सोही उमेरका महिलाको मृत्युदर पुरूषको तुलनामा दोब्बर रहेको पनि तथ्यांकले देखाएको छ । सन् १९९० पछि विश्वमा कार दुर्घटनामा कारण ज्यान गुमाउनेको संख्या पहिलेको तुलनामा घटेको पाइएको छ तर खासगरी मध्य अफ्रिकी गणतन्त्र, जमैका, सोमालिया, स्वाजिल्याण्ड र संयुक्त अरब ईमिरेट्स (यूएई)मा भने यो संख्यामा वृद्धि भएको छ ।

आईएचएमईका वरिष्ठ लेखक स्पेन्सर जेम्सले भने, ‘सवारी साधनमा गरिएको सुरक्षा व्यवस्था, सडक सुरक्षा, गति नियन्त्रण, सीटवेल्ट र मादक पदार्थ सेवनमा विश्वभर गरिएको कडाइ लगायतका केही कारणले विश्वमा सडक दुर्घटनाबाट हुने मृत्यु दरलाई कम गर्न योगदान पु-याएको देखिन्छ ।’ उनले पछिल्ला तीन दशकमा विश्वव्यापीरूपमा सडक दुर्घटनाका कारण हुने मृत्यु संख्यामा सुधार देखिएको बताए । उनले भने, ‘यद्यपि सडक दुर्घटनामा चोटपटक रोकथामका लागि अझै प्रयाप्त प्रगति भएको भने मान्न सकिँदैन । थप सुधार गर्ने ठाउँहरू व्यापक रहेका छन् ।’

विश्वव्यापी रूपमा सबै उमेर समूहमा सडक दुर्घटनाबाट हुने चोटपटकमा सन् १९९० देखि २०१७ को बीचमा १५ प्रतिशतभन्दा बढी रहेको छ । बीएमजे इन्ज्वेरी प्रिभेन्सन पत्रिकामा प्रकाशित आईएचआईको तथ्यांकअनुसार सडक दुर्घटनाबाट हुने घाइतेको संख्यामा सबैभन्दा बढी हाइटीमा १५.६ प्रतिशत रहेको छ भने दोस्रोमा मध्य अफ्रिकामा १०.४ प्रतिशत र तेस्रोमा अल साल्भाडोरमा ७.३ प्रतिशत रहेको देखिएको छ । त्यस्तै विश्वमा सडक दुर्घटनाबाट सबैभन्दा बढी ज्यान गुमाउने नागरिक चिनियाँ रहेका र सन् २०१७ मा त्यहाँ कुल दुई लाख ६१ हजार व्यक्तिले ज्यान गुमाएका थिए । तर प्रतिव्यक्ति सडक दुर्घटना दर भने चीनमा कम रहेको देखिएको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया