डिसेम्बरमा अमेरिकामा १ लाख ४५ हजार नयाँ रोजगारी
वासिड.टन, पुस २७
अमेरिकामा २०१९ को डिसेम्बर महिनामा १ लाख ४५ हजार नयाँ रोजगारी सृजना भएको छ । यसले अमेरिकी अर्थतन्त्र मजबुत देखिए पनि आर्थिक वृद्धिमा केही सुस्ती आएको तथ्यांकले देखाएको छ । उक्त रोजगारी सृजनामा मुख्य गरी खुद्रा र स्वास्थ्य क्षेत्रले योगदान गरेको बीबीसीले जनाएको छ । अहिले अमेरिकाको बेरोजगारी दर ३.५ प्रतिशत छ । जुन अहिलेसम्मकै न्यून दर हो । आम्दानी वृद्धिदर भने नोभेम्बरयता केही खस्केको बताइएको छ । प्रतिघण्टा कमाइ वार्षिक दरमा २.९ प्रतिशतले बढेको छ ।
नोभेम्बरमा यस्तो दर ३.१ प्रतिशत थियो । डिसेम्बरको रोजगारी सृजना अघिल्लो महिनाको तुलनामा कम हो । नोभेम्बरमा २ लाख ५६ हजार पदमा रोजगारी सृजना भएको थियो । विश्लेषकहरुले भने १ लाख ६४ हजार नयाँ रोजगारी सृजना हुने अनुमान गरेका थिए । शुक्रबार अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्र स्वस्थ देखिएको छ । उत्पादन क्षेत्रको रोजगारी सृजना १२ हजारले घटेको छ । नोभेम्बरमा ५८ हजारले बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया