ब्रिटिश एयरवेजका प्रमुख विलीले अवकाश लिने
लन्डन, पुस २७
इन्टरनेशनल एयरलाइन्स ग्रुपका प्रमुख कार्यकारी विली वाल्सले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनी ब्रिटिश एयरवेजका प्रमुख पनि हुन् । आगामी ३० जुनमा आईएजीको बोर्डबाट र प्रमुख कार्यकारीको पदबाट विलीले राजीनामा दिनलागेको बीबीसीले जनाएको छ । ब्रिटिश एयरवेज र आईबेरिया मर्ज भएपछि आईएजी बनेको थियो । आईएजी गठनमा विलीको महत्वपूर्ण भूमिका छ । आईएजीका प्रमुख एन्टोनियो भाज्याकले विली परियोजनाको मुख्य चालक भएको भन्दै प्रशंसा गरेका छन् ।
विली सन् २००५ मा ब्रिटिश एयरवेजको प्रमुख बनेका थिए । कम्पनीमा १५ वर्ष बिताएका उनले आईएजी छोड्न लागेका हुन् । उनले जुनमा पदावधि सकिनुअघि मार्चमै राजीनामा दिनेछन् । उनी हवाइ उद्योगकै लामो समय सेवा गर्नेमा पर्छन् । सन् १९७० को अन्त्यतिर आयर लिंगुसबाट क्याडेट पाइलटको रुपमा यस क्षेत्रमा पसेका थिए । सन् २००१ मा आयर लिंगुसको प्रमुख कार्यकारी बनेका थिए । उनको स्थान आईएजीकै स्पेनिस डिभिजन प्रमुख लुइस ग्यालेगोले लिने बताइएको छ । उनले कम्पनीमा जिम्मेवारी पाउनु आफ्नो लागि सम्मानको कुरो भएको बताए । आफूले विलीले निर्माण गरेको बलियो आधारलाई अझ मजबुत बनाउने बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया