Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडब्लुएचओले भन्यो– खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन रोकौँ

डब्लुएचओले भन्यो– खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन रोकौँ


जेनेभा ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरूको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न मंगलबार आग्रह गरेको छ । डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भए पनि जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।

चीनको उहानमा भेटिएका कोभिड–१९ संक्रमितहरूको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै डब्लुएचओले शुरुआती दिनमा भेटिएका संक्रमितहरू खाद्य स्टलका मालिकहरू, बजारका कामदारहरू वा बजारमा नियमित आउजाउ गर्नेहरू नै रहेको जनाएको छ ।

यो अन्तरिम निर्देशिका विश्व जीव स्वास्थ्य संगठन (ओआइइ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) को सहकार्यमा निर्माण गरिएको हो । डब्लुएचओले जीवित जंगली स्तनधारी जीवजन्तुहरू खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया