Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड सिर्जित आर्थिक क्षतिका लागि सहयोगको मापदण्ड अपनाउन आग्रह

कोभिड सिर्जित आर्थिक क्षतिका लागि सहयोगको मापदण्ड अपनाउन आग्रह


अमेरिका ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताएका छन् । उनले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न पनि विश्वका देशहरूलाई आग्रह गरेका छन् ।

सिन्ह्वाका अनुसार महासचिव गुटर्रेसले आर्थिक आजको अवस्थामा विश्वलाई नै यस महमारीले ठूलो असर गरेको र त्यसका लागि आर्थिक प्याकेजका कार्यक्रमहरू घोषणा गरेर लागू गर्नुपर्ने धारणा राखेका छन् । महासचिव गुटर्रेसले आर्थिक प्याकेज पूरा गर्नका लागि विभिन्न छ वटा मापदण्डहरू अपनाउन सुझाव दिएका छन् । उनले विश्वले नै अकल्पनीय रूपमा गएको एक वर्षदेखि यो समस्या भोगिरहेको तर पनि यसबाट भएको आर्थिक क्षति पूरा गर्न सक्नेगरी कुनै पनि देशले कुनै पनि कार्यक्रम राख्न नसकेको बताए ।

यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरूको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरूको पनि घोषणा हुनुपर्ने धारणा राखे । यो समस्याबाट विश्वका ३० लाखभन्दा बढी मानिसले यो महामारीबाट ज्यान गुमाउन बाध्य भएका छन् । यसका कारण बाट विश्वका १२ करोडभन्दा पनि बढी मानिस चरम गरिबीको समस्यामा परेका उनले बताए ।

त्यसैगरी विश्वका २५ करोड मानिसले आफ्नो पूरा समयको जागिर पनि यस महामारीका कारण गुमाउन पुगेका छन् । यसका कारण विश्वले सन् १९९० को दशक पछिको अवस्थामा सबैभन्दा बढी मात्रामा आर्थिक मन्दीको सामना गर्नु परिरहेको अवस्था पनि उनले बताए । यसैले पनि विभिन्न आर्थिक क्षेत्रका प्याकेजहरू ल्याएर आर्थिक पुनस्र्थापनाका साथै सुधारका कार्यक्रमहरू गर्नका लागि उनले विश्व समुदायसमक्ष यो आग्रह गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया